काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मजदुर जिल्ला समिति पुनर्गठन गरिने भएको छ । नेवाः समिति मातहत रहने गरी काठमाडौँ उपत्यकामा कार्यरत मजदुरहरू आबद्ध हुन सक्ने गरी मजदुर विशेष जिल्ला समिति बनाइएको छ । काठमाडौँको जिल्ला पार्टी कार्यालयमा आज मजदुर विशेष जिल्ला समिति घोषणा हुन लागेको हो ।
पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वा, बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठ, प्रचार विभाग प्रमुख पूर्ण बस्नेतलगायतका नेताहरूको सहभागितामा रहने छन्।