logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कार र मोटरसाइकल ठक्कर खाँंदा पैदलयात्रीको मृत्यु

कार र मोटरसाइकल ठक्कर खाँंदा पैदलयात्रीको मृत्यु


  • बिहिबार, असोज १८ २०८०

  • भक्तपुर, १८ असाेज । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ९ निकोसेरामा बिहीबार बिहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउँदै गरेको बा. ५ च. २०४९  नं. को  कार एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    कार अनियन्त्रित हुँंदा बाटोमा हिँडिरहेका पैदलयात्री धनुषा जनकपुर नगरपालिका-९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधे बस्ने बर्ष ५८ को योगराज बरालको मृत्यु भएको हो ।  

    मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने बर्ष २० मिलन कार्कीसमेत घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएका छन् ।  


    सम्बन्धित समाचार थप

    लोकप्रिय