logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धनगढी उपमहानगरपालिकाकाे किसानलाइ एसएमएसः तीन दिन धान नकाट्नु

धनगढी उपमहानगरपालिकाकाे किसानलाइ एसएमएसः तीन दिन धान नकाट्नु


  • मंगलबार, असोज १६ २०८०

  • धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ। असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो। साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ। 

    धान पाकिसकेकाले यहाँका किसानले काट्न सुरु गरिसकेका छन्। काटिसकेका धान जतिसक्दो चाँडो भित्र्याउन धनगढी उपमहानगरपालिकाको आग्रह छ। किसानले धान काट्न सुरु गरेका बेला धनगढी उपमहानगरपालिकासहित कैलालीको विभिन्न क्षेत्रमा आज वर्षा भएको छ। 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय