logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो

बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो


  • सोमबार, असोज १५ २०८०

  • पोखरा, । बिगत १८ महिना देखी हराएका एक बृद्दको शव फेला परेको छ । माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो । 

    जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे-७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो । 

    हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको अवस्थामा शव देखे पछि धम्पुस प्रहरी चौकीलाइ खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।

    मृतकको छोरा हितमान बिकले हिजाे साँझ सनाखत गरे पछि उनकाे पहिचान भएकाे थियाे । १८ महिना अघि बेपत्ता भएका ब्यक्ति मृत फेला परे पछि प्रहरी थप अनुसन्धान सुरू गरेको छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय