logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पेट्रोलियम पदार्थको नयाँ मूल्यवृद्धि कार्यान्वयन नगर्ने सरकारकाे निर्णय

पेट्रोलियम पदार्थको नयाँ मूल्यवृद्धि कार्यान्वयन नगर्ने सरकारकाे निर्णय


  • आइतबार, असोज १४ २०८०

  • काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने भएको छ।

    नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय