logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त


  • शनिबार, असोज १३ २०८०

  • काठमाडौ । पुर्ब राजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको बिश्व किर्तिमान प्रति गर्ब महशुश ब्यक्त गरेका छन् ।

     चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व किर्तिमानले नेपालीको गौरब बढाएको पनि जनाएका छन ।

     

    ‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली खेलाडीहरूले राखेको विश्व किर्तिमानले हामीलाइ अत्यन्तै खुसी तुल्याएको छ,’ राजाको सचिवालयले भनेको छ, ‘देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौं प्रतिकुलताको बाबजुत जुन सफलता हासिल गरेका छन, यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुश गरेका छौं ।

    बक्तब्यमा अगाडी भनिएको छ, ‘विश्व किर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाइ यो सफलताको लागि हार्दिक बढाइ तथा शुभकामना ।’  


    सम्बन्धित समाचार थप

    लोकप्रिय