logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धानबालीमा ग्वारो फैलिदा पर्साका किसान चिन्तित

धानबालीमा ग्वारो फैलिदा पर्साका किसान चिन्तित


  • शनिबार, असोज ६ २०८०

  • वीरगञ्ज । धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् । ग्वारो किराले आफूहरुको करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पु¥याएको स्थानीयले बताए । वर्षाको अभावमा धानबाली सुक्दै गएको बेला धानबालीमा देखिएको ग्वारोको समस्याले आफू थप समस्यामा परेको उनको कथन छ ।

    धानबालीमा ग्वारो किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानको भनाइ छ । खेतमा असन्तुलन, गुणस्तरीय रसायनिक मलको अभाव तथा प्रतिकूल वातावरणका कारण धानबालीमा ग्वारो किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल कुशवाहाले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय