logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भरुवा बन्दुकसहित एकजना पक्राउ

भरुवा बन्दुकसहित एकजना पक्राउ


  • शुक्रबार, असोज ५ २०८०

  • रूकुम पश्चिम। मुसिकोट नगरपालिका-६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारीलाई ३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोली जस्तो बनाएको फलामको टुक्रा १५ वटा, क्यापमा प्रयोग हुने पटाका २० रोल र बारुद २ डिब्बासहित प्रहरीले पक्राउ गरेको छ । 

    भण्डारीको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हातहतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


    सम्बन्धित समाचार थप

    लोकप्रिय