logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संविधानका आधारस्तम्भहरु सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भयोः कार्यवाहक प्रधानमन्त्री खड्का

संविधानका आधारस्तम्भहरु सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भयोः कार्यवाहक प्रधानमन्त्री खड्का


  • बुधबार, असोज ३ २०८०

  • काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताएका छन् । अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए ।

    काठमाडौंको टुँडिखेलमा आज बिहान आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

    सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने भन्दै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपर्ने उनले बताए ।

    जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय