logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अमेरिका जानु अघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

अमेरिका जानु अघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने


  • शुक्रबार, भाद्र २९ २०८०

  • काठमाडौं, २९ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन । 

     

    प्रधानमन्त्री दाहालले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा जानकारी गराउने छन् । समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनले सो सम्बोधन दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा गर्नेछन । 

     

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय