logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिटिजन लाइफ इन्स्याेरेन्सको आईपीओ बाँडफाँट

सिटिजन लाइफ इन्स्याेरेन्सको आईपीओ बाँडफाँट


  • बिहिबार, भाद्र २८ २०८०

  • काठमाडौ, २८ भदौ । सिटिजन लाइफ इन्स्याेरेन्सको आईपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएकामा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलले जानकारी गराएको छ ।

     

    योग्य १४ लाख ७ हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको थियो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर बिक्री गरिएको थियो ।

     

    लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सिटिजन लाइफ इन्स्याेरेन्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय