logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुवास नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

सुवास नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित


  • बिहिबार, भाद्र २८ २०८०

  • काठमाडौं, २८ भदौ । राष्ट्रिय सभाले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

     
    बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण गरिएको थियो ।

    गत मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ । 

    उनी संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

     

    राष्ट्रियसभाको अर्को बैठक आउँदो असोज १२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय