logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आपराधिक लाभ लिएको अभियोगमा एकजना पक्राउ

आपराधिक लाभ लिएको अभियोगमा एकजना पक्राउ


  • बुधबार, भाद्र २७ २०८०

  • काठमाडौं, २७ भदाै । आपराधिक लाभ(एक्स्टर्सन) लिएको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ । 

     

    काठमाडौं काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिने सम्मको धम्की दिई डर त्रासमा पारी कुटपिट समेत गरी जबरजस्ती २० लाख रुपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँको कागज गराई आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काँडाघारीबाट श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको र गुण्डागर्दीमा समेत संलग्न रहेको खुल्न आएको छ । 

     

        उनलाई आपराधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय