logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग

रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग


  • बुधबार, भाद्र २७ २०८०

  • काठमाडौं, २७ भदौ । ६१ किलो सुन तस्रकीको अनुसन्धान गरेको  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी संलग्न रहेको कम्पनी रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग गर्दै बुधबार आफ्नो प्रतिवेदन बुझाउँदै छ । 

    उक्त कम्पनीले थप ब्रेक शुबाट ३०२ किलो सुन ल्याएको निष्कर्ष निकाल्दै सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर मुद्दा चलाउन राय दिएको छ । अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

    सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको प्रतिवेदनमा सो राय दिएको हो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय