काठमाडौँ । जनता समाजवादी पार्टीको विधानमा पदाधिकारीको व्यवस्था भए पनि हालसम्म तीन जना पदाधिकारीले मात्र पार्टी सञ्चालन भइरहेको छ । एक जना अध्यक्ष, एक जना संघीय परिषद्का अध्यक्ष र एक जना प्रवक्ताबाहेक अरू पदाधिकारी चयन गरिएको छैन ।
अन्तरिम विधानमा पनि संघीय परिषद् अध्यक्ष एक जना, केन्द्रीय समिति अध्यक्ष २ जना, आवश्यकता अनुसार वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षहरुको व्यवस्था थियो तर संघीय परिषद्का अध्यक्ष, केन्द्रीय समिति अध्यक्षबाहेक अरू कुनै पदाधिकारी चयन गरिएन ।