logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही गर्न कांग्रेसको माग

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही गर्न कांग्रेसको माग


  • बुधबार, भाद्र २० २०८०

  • काठमाडौं, २० भदौ । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै दोषिमाथि कडा कारबाहीको माग गरेका छन्।

     

    ‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

    कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय