logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भुटानविरुद्ध नेपालको ३ विकेटले जित

भुटानविरुद्ध नेपालको ३ विकेटले जित


  • आइतबार, भाद्र १७ २०८०

  • काठमाडौं ।  आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।

    यूकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएर जितका लागि दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेर विजयी भएको हो । 

    नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । 

    भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १/१ विकेट लिए ।

    नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले ११ विकेट लिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय