logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्र संघीय महासचिव भारत आउँदै, जी २० सम्मेलनलाई सम्बोधन गर्ने

राष्ट्र संघीय महासचिव भारत आउँदै, जी २० सम्मेलनलाई सम्बोधन गर्ने


  • शनिबार, भाद्र १६ २०८०

  • वासिंग्टन डिसी, १६ भदौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस भारत आउने भएका छन । 

     

    भारतमा आयोजना हुन गईरहेको जी २० शिखर सम्मेलनमा भाग लिनका लागि राष्ट्र संघीय महासचिव अर्को हप्ता भारत आउन लागेका हुन । 

     

    सो शिखर सम्मेलनमा सबैभन्दा ठूला अर्थतन्त्रहरूको समूहलाई उनको सन्देशले विश्वव्यापी वित्तीय संस्थाहरूको सुधार र जलवायु परिवर्तनसँग लड्ने प्रयासलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

     

    संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले पत्रकारहरुसँगको कुराकानीमा पनि जलवायु परिवर्तनमा विश्वको नजर सबैभन्दा ठूलो अर्थतन्त्र भएको जी–२० समूहमा केन्द्रित रहेको बताए । 

     

    सो सन्दर्भमा उनको आह्वान धेरै महत्त्वपूर्ण छ किनभने जी २० मा संलग्न देशहरू पनि सबैभन्दा ठूलो कार्बन उत्सर्जनकर्ता हुन्। महासचिव गुटेरेसले भने कि जबसम्म अन्तर्राष्ट्रिय समुदायले विश्वव्यापी बहुपक्षीय ढाँचालाई बलियो र सुधार गर्दैन, तबसम्म चीजहरू राम्रो हुन सक्दैन।

     

    उनले जी २० को मञ्चलाई मुख्यतयाः जलवायु परिवर्तनले निम्ताईरहेको संकटका बारेमा चिन्तित हुन र सो अनुसार कार्य गर्न र योजना बनाउनका लागि बिभिन्न देशका प्रमुखलाइ अनुरोध गर्नेछन् । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय