logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लगातार बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदै छ कारोबार ?

लगातार बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदै छ कारोबार ?


  • शुक्रबार, भाद्र ८ २०८०

  • काठमाडौ, ८ भदौ । लगातार बढेको सुनको भाउ आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

     

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको थियो ।

    शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ९१४.४१ डलरमा र चाँदी प्रतिऔंस २४.०५ डलरमा कारोबार भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय