logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु

धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु


  • बुधबार, भाद्र ६ २०८०

  • धादिङ । धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको बताए ।

    अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

    धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय