काठमाडौं – नागरिक उन्मुक्ति पार्टी नेपाल मकवानपुरको जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ्।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समरक्षंक एवम् लोकप्रिय युवा नेता रेशम चौधरीको प्रमुख अतिथिमा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी केन्द्रिय उपाध्यक्ष आईतराम तामाङको विशिष्ट अतिथि रहेको थियो।
नागरिक उन्मुक्ति पार्टी मकवानपुरको अध्यक्ष बिकास लामा तामाङ्को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष आईतराम तामाङ र जङ्गजित तामाङ्को विशेष पहलमा शुन्दर बज्यु,रबिन्द्र लामा र राम बहादुर तामाङ्को नेतृत्वमा मकवानपुर जिल्लाका विभिन्न पालिकाबाट नेपाली काङ्ग्रेस, माओबादी, राप्रपा नेपाल गरी १४८ जना नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको छ्न्।कार्यक्रमा प्रमुख अतिथि रेशम चौधरीले अब पहिचाहन बादी एक हुनुको बिकल्प नरहेको र राज्यको उच्च शक्तिमा अब जनजाति पहिचाहनबादी पुग्नु पर्ने कुरामा जोड्दिनु पर्ने धारण राखेका थिए ।
त्यसैगरी केन्द्रिय उपाध्यक्ष आईतराम तामाङ्ले मकवानपुर जिल्लामा सानो बिरुवा रोपेको र यो बिरुवा मकवानपुर बासिबाट यसको हेरचाहार गर्नु पर्ने र हुर्काउनु पर्ने कुरामा जोड दिएका थिए ।राज्य शक्तिमा पुग्न अब पहिचाहनबादी एक नभए कहिले पनि पुग्न नसकिने कुरामा उनले जोड दिएका थिए ।