logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ


  • मंगलबार, भाद्र ५ २०८०

  • काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

    समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु लगायत उच्चपदस्थ कर्मचारीहरु सहभागी थिए ।

    श्रेष्ठलाई राष्ट्रपति पौडेलले सोमबार नियुक्त गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय