logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मर्स्याङ्दीका १ सय ३८ जना बेरोजगारले पाए रोजगार

मर्स्याङ्दीका १ सय ३८ जना बेरोजगारले पाए रोजगार


  • मंगलबार, भाद्र ५ २०८०

  • लमजुङ ५ भदौ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाका १ सय ३८ जनाले रोजगारी पाएका छन् ।

     

    गत आर्थिक बर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगार सूचिमा दर्ता भएका मध्ये पालिका भित्रका १ सय ३८ जनाले रोजगारी पाएका हुन् ।

     

    गत आर्थिक बर्ष २०७९/०८० मा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत ३२ वटा पुर्वाधार विकास, सिढी निर्माण लगायतका योजनाहरु रहेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए ।

     

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७९/८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ । पालिमा सुचिकृत बेरोजगारका संख्या १ हजार ५ सय १३ जना रहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय