logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेट

उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेट


  • सोमबार, भाद्र ४ २०८०

  • काठमाडौँ, ४ भदौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ । भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको  छ । उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा  उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो ।

    हाल प्रदेशसभातर्फ सुदुरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् । हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष। दोखला गौरिशकर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय