logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा

नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा


  • सोमबार, भाद्र ४ २०८०

  • काठमाडौ, ४ भदौ । सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो । यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर रहेको देखाएको छ । सूचकका साथमा कारोबार रकम पनि कमजोर बनेको छ ।

     

    यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय