logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

तीन तहका सरकार एक अर्काेकाे परिपुरक : प्रधानमन्त्री

तीन तहका सरकार एक अर्काेकाे परिपुरक : प्रधानमन्त्री


  • सोमबार, भाद्र ४ २०८०

  • हेमन्त केसी
    सुर्खेत, ४ भदाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्काेकाे परिपुरक भएकाे बताएका छन् । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालकाे संविधान पनि उत्कृष्ट रहेकाे उनले बताए । प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन ।

    कर्णालीकाे समस्य नजिकबाट नियालेकाे कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले  कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएकाे समेत बताए । कर्णाली एक सभ्याता भएकाे उनले बताए । कर्णाली सधैँ  आफ्नाे प्राथमिकतामा रहेकाे उनकाे भनाइ छ ।

     

    कर्णालीकाे सबै खालका सडक निर्माण गर्न पहल जारी राखेकाे बताएका उनले चीन भ्रमणकाे समयमा केही सडककाे बारेमा कुरा हुने बताए । कर्णाली प्रदेश स्थापना दिवसकाे अवसरमा आयाेजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत , मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुकाे सहभागिता रहेकाे छ ।

    प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडाेर र भेरी करिडाेरमा दुई लेनकाे सडक निर्माण गरे कर्णाली समृद्धिकाे एक ढाेका खुल्ने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय