logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

समाजवादी मोर्चाको बैठक भोलिसम्मलाई स्थगित

समाजवादी मोर्चाको बैठक भोलिसम्मलाई स्थगित


  • आइतबार, भाद्र ३ २०८०

  • काठमाडौँ । आइतबार साँझलाई बोलाइएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ ।

    आइतबारका लागि बोलाएको बैठक सोमबार बिहान साढे सात बजे बस्नेगरी स्थगित भएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    यसअघि मोर्चाको बैठक आइतबार साँझ ६ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्ने तय भएको थियो । मोर्चाको अब बस्ने बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने बताइएको छ ।

    आलोपालो प्रणाली अनुसार मोर्चाको बैठक अहिले नेता माधवकुमार नेपालको अध्यक्षतामा बस्दै आएको छ ।

    मोर्चामा सत्तारुढ माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

    असार ४ गते घोषणा भएको मोर्चाको बैठक यसअघि असार २३  गते बसेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय