logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

माधव र बाबुरामको बयान नलिने कुरामा मेरो गम्भीर आपत्ति छ : गगन थापा

माधव र बाबुरामको बयान नलिने कुरामा मेरो गम्भीर आपत्ति छ : गगन थापा


  • आइतबार, भाद्र ३ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठुला काण्डहरू शीर्ष नेताहरूकै कारण सामसुम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्।  झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनलाई आइतबार सम्बोधन गर्दै थापाले विभिन्न घटनामा संलग्न सबै नेताहरू कारबाहीको दायरामा आउनै पर्ने बताए।

    शीर्ष नेताबीच यस्ता काण्डको छानबिन नगर्ने सहमति भएको समाचार आइरहेको भन्दै थापाले आपत्ति पनि जनाए।  ‘तेरो र मेरो कुरा मिलेन भने खोलिदिने हो । एउटाले भन्छ– म सुन काण्डको छानबिन गर्छु । अर्कोले भन्छ–ठुलो कुरा गर्छस् । गिरिबन्धु टिस्ट्रेटको फाइल खोल्दिऔँ भन्छ । गिरिबन्धुको फाइल खोलियो भने म तेरो शिविरको खोली दिन्छु । त्यसपछि अर्कोले भन्छ । कोही पनि नखोलौँ । त्यो पाइन्छ ?,’ महामन्त्री थापाको प्रश्न छ ।

    यति–ओम्नी, सुन काण्ड, ललिता निवास प्रकरण, गिरीबन्धु टिस्ट्रेट प्रकरणका विषयमा छानबिन हुनुपर्ने पक्षमा कांग्रेस उभिनुपर्ने उनको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय