logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मेस्सीलाई कीर्तिमानी ४४ औँ उपाधि

मेस्सीलाई कीर्तिमानी ४४ औँ उपाधि


  • आइतबार, भाद्र ३ २०८०

  • मियामी । न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जित्न सफल भएको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा मियामी १०–९ गोलले विजयी बनेको हो ।

    ११ राउन्डसम्म भएको सुटआउटमा मियामीका गोलकिपर ड्रेक क्यालेन्डरले विपक्षी टोलीको दुईवटा प्रहार रोक्दै टोलीलाई जीत दिलाए । उनले न्यासभिलका मिडफिल्डर रान्डाल लियल र गोलकिपर एलियट प्यानिकोको प्रहार रोकेका थिए ।

    यसअघि खेलको २३ औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा फफा पिकल्टले बराबरी गोल फर्काएपछि खेल पेनाल्टीसम्म पुगेको थियो ।

    देश र क्लबका लागि मेस्सीको यो ४४ औँ उपाधि हो । योसँगै उनले नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय