logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

५ एआईजीको सरुवा, उपत्यकामा दीपक थापा

५ एआईजीको सरुवा, उपत्यकामा दीपक थापा


  • शनिबार, भाद्र २ २०८०

  • काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ । पदस्थापन भएको ४ महिनामा नै एआईजीहरू सरुवा भएका हुन् ।

    उपत्यका प्रहरी कार्यालयमा एआईजी दीपक थापालाई ल्याइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेक प्रसाद राईलाई सरुवा गरिएको छ ।

    यसअघि ज्ञवाली उपत्यका प्रहरी कार्यालय, टेकप्रसाद राई प्रशिक्षण प्रतिष्ठान, मिरा चौधरी कार्य विभाग र सन्दीप भण्डारी मानवश्रोत विकास विभागमा कार्यरत थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय