logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रुसको पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० जनाभन्दा बढी घाइते

रुसको पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० जनाभन्दा बढी घाइते


  • मंगलबार, साउन ३० २०८०

  • मस्को, ३० साउन । रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको मृत्यु भएको हो ।

     

    सोमबार राति मखचकलाको राजमार्गमा रहेको सवारीसाधन मर्मत पसलमा सुरु भएको आगलागी नजिकैको पेट्रोल पम्पमा फैलिएर  विस्फोट भएको उद्धारकर्मीहरुले बताएका छन् । मखाचकला ६ लाखभन्दा बढी मानिसहरूको सहर, दागेस्तानको राजधानी हो । आगलागीको भिडियो फुटेजमा एक तले भवनमा आगलागी भएको देखाइएको छ ।

     

    रुसको आपतकालीन मन्त्रालयले मंगलबार बिहान आगो निभाइएको जनाएको छ ।  घाइतेसमध्ये १० जनाको अवस्था गम्भीर रहेकोे रुसी उपस्वास्थ्यमन्त्री भ्लादिमिर फिसेन्कोले बताएका छन् । गम्भीर घाइतेहरुलाई उद्धार गर्न मखचकलामा विमान पठाइएको थियो ।

     

    घाइते मध्ये १३ जना बालबालिका रहेका छन् । रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय