logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बेँसीसहर–चामे सडक अवरुद्ध

बेँसीसहर–चामे सडक अवरुद्ध


  • आइतबार, साउन २८ २०८०

  • लमजुङ । अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको हो । सो सडकखण्डको बेँसीसहर नगरपालिका–६ को  खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ । मस्र्याङदी गाउँपालिका–६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठूला चट्टान आएर बाटो अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ । निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाई भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय