logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

टेकूमा भएको प्रहरी दमनको घटनामा छानबिन समिति गठन

टेकूमा भएको प्रहरी दमनको घटनामा छानबिन समिति गठन


  • मंगलबार, साउन २३ २०८०

  • काठमाडौं–जिल्ला प्रहरी परिसर टेकू घेर्न भएका व्यक्तिहरुमाथि प्रहरी दमन भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा यसबारे जानकारी गराएका हुन्।अधिवक्ता भगवति पाण्डेले एक अन्तर्वार्तामा जातिय विभेद हुनेगरी अभिव्यक्ति भएको भन्दै उनलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राख्दै केही दिनअघि परिसर टेकू घेर्न सर्वसाधारणहरु गएका थियो। सो क्रममा सर्वसाधारण र प्रहरीबीच झडप भएको थियो।

    प्रहरीले सर्वसाधारणमाथि दमन गरेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ। सोही विषयमा छानबिन गर्न समिति गठन गरिएको गृहमन्त्री श्रेष्ठले बताए। छानबिनबाट दोषी देखिएकाहरुलाई कारबाहीका दायरामा ल्याइने उनले संसदमा जानकारी गराएका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय