logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मनिष डाँगी थाई लिग टु क्लब रेयोङगमा अनुबन्धित

मनिष डाँगी थाई लिग टु क्लब रेयोङगमा अनुबन्धित


  • सोमबार, साउन १५ २०८०

  • काठमाडौं : मनिष डाँगी थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित भएका छन् । थाई लिग टु थाइल्याण्डको दोश्रो श्रेणीको लिग हो ।थाई लिग टु क्लब रायोङ एफसीले मनिषलाई अनुबन्ध गरेको जनाएको हो । उनी थाई क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी हुन् ।उनले नागावर्ल्ड एफसी विरुद्धको खेलमा पायोङ्गका लागि असिस्टसमेत गरेको क्लबले जनाएको छ ।

    गत सिजनमा संकटा एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका मनिषले नेपालका लागि १७ खेल खेल्दै ३ गोल गरेका छन् । उनले २०२१ मा ईराक विरुद्ध डेब्यु खेलमै गोल गरेका थिए ।दक्षिण काेरियामा फुटबल सिकेका उनले यसअघि दक्षिण कोरियाकै विश्वविद्यालयको टिमका साथै बहराइनको क्लब इत्तेहाद अल रेफबाट पनि खेलेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय