logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

महोत्तरीमा मिटरब्याजीका नेता पक्राउ

महोत्तरीमा मिटरब्याजीका नेता पक्राउ


  • बिहिबार, साउन ११ २०८०

  • ११ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् ।भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् ।जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    ठूलो विवाद हुने देखिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।उनका अनुसार आज पुनः जिल्ला प्रशासनमा छलफल हुनेछ । पक्राउ परेका इन्द्रजित साहुहरुको संगठन लेनदेन संघर्ष समितिका सहसचिव हुन् ।जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।छलफलमा बसेका एक प्रत्यक्षदर्शीका अनुसार मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र आफूले दिएकै अनुसारको तमसुक बनाएकाले त्यसरी नै हिसाब गर्नुपर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय