logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


  • बिहिबार, साउन ११ २०८०

  • काठमाडौँ : काठमाडौँका बुढानीलकण्ठ, जितपुर र आसपास क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । विष्णुमती नदीको गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यस क्षेत्रमा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय