logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए


  • मंगलबार, साउन ९ २०८०

  • ९ साउन, काठमाडौं : बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् ।‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको अनि वडाध्यक्षलाई खबर गरेको भन्ने खबर छ,’ उनले भनिन्, ‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।’

    घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड-७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय