काठमाडौँ : संघीय शिक्षा ऐन २०७५ जारी गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल(क्रान्तिकारी) ले काठमाडौँसहित देशैभर हस्ताक्षर संकलन सुरु गरेको छ ।आज पाटन संयुक्त क्याम्पस र रत्नराज्य क्याम्पसमा हस्ताक्षर संकलन गरिएको थियो । नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो(संग्राम) ले हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले देशव्यापी हस्ताक्षर अभियान २०८० साउन ७ देखि १२ गतेसम्म संचालन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।