काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बुद्धिजीवी संगठनको संयोजकमा बालकृष्ण ओली चयन भएका छन् । शनिबार अपरान्ह भएको एकता भेलाबाट क्रान्तिकारी बुद्धिजीवी संगठनको संयोजकमा ओली सर्वसम्मत रुपमा चयन भएका हुन् । सो संगठनको सहसंयोजकमा डा.शम्भु कट्टेल र सचिवमा नन्दलाल खरेल चयन भएका छन् । ओलीको संयोजकत्वमा ४१ सदस्यीय क्रान्तिकारी बुद्धिजीवी संगठन निर्माण गरिएको छ ।
तत्कालीन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच एकता भएपछि क्रान्तिकारी बुद्धिजीवी संगठन बनाइएको हो । उक्त संगठनमा बास्तोला पक्षबाट ओली संयोजक भएका हुन् ।
सम्बन्धित समाचार
थप