logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विमानस्थलबाट बरामद गरिएको सुनको तौल १५५ किलो

विमानस्थलबाट बरामद गरिएको सुनको तौल १५५ किलो


  • बिहिबार, साउन ४ २०८०

  • मंगलबार बरामद भएको ठूलो परिमाणको सुनको तौल १५५ केजी रहेको पाइएको छ। टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनको तौल १५५ किलो रहेको बताएका हुन्।‘परीक्षण गर्न बाँकी नै छ। अरू धातुको मात्रा कति छ थाहा छैन’, उनले भने, ‘सिलबन्दी गरेर ल्याइएको छ।’त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएको थियो। उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको थियो।आठ वटा पोकामा उक्त सुन राखिएको छ।यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।

    एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्। बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।

    यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ। समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो।

    यी पनि:


    सम्बन्धित समाचार थप

    लोकप्रिय