काठमाडौँ -: काठमाडौँ जिल्लामा १ जना प्रहरीको काँधमा ६१७ जना नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी देखिएको छ । जनसङ्ख्याको आधारमा ६१७ जना नागरिक बराबर १ जना प्रहरी काठमाडौँ जिल्लामा कार्यरत छन् ।सोमबार आर्थिक वर्ष २०७९–०८० मा भएको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जनसङ्ख्याको तुलनामा प्रहरी जनशक्तिको सङ्ख्या कम रहेको जानकारी दिकाठमाडौँ जिल्लामा २० लाख १७ हजार ५३२ जनसङ्ख्या छ । तीमध्ये पुरुषको सङ्ख्या १० लाख २५ हजार ७२७ र महिला ९ लाख ९१ हजार ८०५ छन् ।
२०७९ साउनपछि २०८० साउन सम्ममा काठमाडौँ जिल्लाभरका प्रहरी युनिटमा १५ लाख ४ हजार ५९५ फोन कल आएको एसएसपी कार्कीले बताए । ‘प्रहरी माग गरेर १५ लाख भन्दा धेरै कल आएको अवस्था छ’ परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी कार्कीले भने–‘प्रहरी कन्ट्रोल र थप दुई वटा नम्बरमा सर्वसाधारणले फोन गरेर प्रहरी सहायता माग गरेको अवस्था छ ।’जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका कार्यालयहरूमा समेत प्रहरी सहायकताका लागी १००, ०१–४२२८४३५ र ९८५१२८३०२६ मा फोन गर्न सकिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।