logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

पार्किङ सुविधाको माग गर्दै कानून व्यवसायीहरु आन्दोलित

पार्किङ सुविधाको माग गर्दै कानून व्यवसायीहरु आन्दोलित


  • सोमबार, असार २५ २०८०

  • काठमाडौँ  : काठमाडौं जिल्ला अदालतभित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका छन् । बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका हुन् । कानून व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेका बताए । उनले पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताए । अदालतले नक्सा पास बिनाको भवन बनाएर गैर कानूनी काम गरेको पनि उनले उल्लेख गरे । अर्का एक अधिवक्ताले अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको बताए । उनले पार्किङस्थललाई क्यान्टीनका लागि भाडा लगाएर असुली गरिरहेको बताए ।

    काठमाडौं जिल्ला अदालत नेपाल बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेलले सोमवारदेखि नै जिल्ला अदालतको गेट नम्बर ४ मा कानून व्यवसायीहरुका लागि पार्किङ सुविधा गरिएको बताए । उनले अण्डरग्राउन्ड पार्किङ पनि छिट्टै खुल्ने बताए । आन्दोलित कानून व्यवसायीहरुले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय