काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापालाई पितृशोक परेको छ । उनका पिता केदारबहादुर थापाको बिहीबार बिहान मृत्यु भएको हो । दुई साता देखि बिरामी ८९ वर्षीय केदरलाई काभ्रेबाट उपचारका लागि काठमाडौंस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको परिवारका एक सदस्यले बताए ।
केदार दुई सातादेखि बिरामी थिए । मृतक केदारको अन्त्येष्ठि पशुपति आर्यघाटमा आजै बिहान ११ बजे गरिने तयारी छ । केदारका ६ छोरा र दुई छोरी छन् ।
सम्बन्धित समाचार
थप