मोरङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको समेत बताएका हुन् । ‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ ।’
रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा महासचिव पोख्रेलले अहिले दबाब नदिएको बताएका छन् । गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने सहमतिले मात्रै टुङ्गिने उनको भनाइ छ । उनले रवि लामिछानेको मुद्दाको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे ।
सम्बन्धित समाचार
थप