रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्।आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्।प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए।अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद समेत बदर गरिदिएको थियो।
सम्बन्धित समाचार
थप