logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कलाकार संघले ३ विशिष्ट व्यक्तित्वलाई मानार्थ सदस्यता दिने

कलाकार संघले ३ विशिष्ट व्यक्तित्वलाई मानार्थ सदस्यता दिने


  • बुधबार, माघ ११ २०७९

  • काठमाडौँ : नेपाल चलचित्र कलाकार संघले वरिष्ठ अधिवक्ता साहित्यकार संविधानविद् तथा गीतकार भिर्माजुन आचार्य, दन्त विशेषज्ञ डा.सुवास घिमिरे र समाजसेवी डा.श्याम खड्कालाई संघको मानार्थ सदस्यता प्रदान गर्ने भएको छ ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रविन्द्र खड्काको अध्यक्षतामा मिति २०७९ पौष ५ गते वसेको बैठकले सो निर्णय गरेको हो । संघले विधानको परिच्छेद ३ को २ (क) अनुसार चलचित्र क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याउनु ३ जना विशिष्ट व्यक्तित्वलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

    संघले यस अगाडि पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आ–आफ्नो विधामा ख्याति कमाएका र नेपाली चलचित्र क्षेत्रका लागि योगदान पुर्याएका विशिष्ट ब्यक्तित्वहरुलाई मानार्थ सदस्यता प्रदान गर्दै आएको छ  ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय