logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

तामाङ समुदायको सोनाम ल्होछार आज

तामाङ समुदायको सोनाम ल्होछार आज


  • आइतबार, माघ ८ २०७९

    • जगत लामा घिसिङ

    काठमाण्डौ । मन्जुश्री सम्बत २८५९ औ (ह्योइ / तवार) यानाकी बिरालो बर्ग सोनाम ल्होछार आज माघ शुक्ला प्रतिपदाको पहिलो तिथिमा नेपालका तामाङ समुदायले भब्य रुपमा मनाइदै छ। गाउँ घरमा बौद्ध धर्मानुसार नयाँ धोजा दर्ज्यु राख्दै पुरानो बर्षलाई बिदाइ र नयाँ साललाई स्वागत गरेर बिभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरेर मनाइदै छ। यसै क्रममा आज माघ ८ गते देशका सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले टुडिखेलमा औपाचारिक उत्घाटन गर्ने कार्यक्रम तय गरेको छ। तम्बा बोन्बो लामाको झ्याकी सहित टुडिखेल वरिपरिबाट र्याली प्रदर्शन गर्दै मंच प्रवेश गर्ने त्यसपछि बिबिध सास्कृतिक कार्यक्रम गरि मनाइदै छ भने यो पर्वको अवसरमा राज्यले शुभकामना संदेश जारि गर्दै सर्बाजानिक बिदा दिएको छ। यो सोनाम ल्होछार नेपाल लगायत विश्वका बिभिन्न देशमा मनाइन्छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय