logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने


  • शुक्रबार, माघ ६ २०७९

  • सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार विश्वासको मत लिंदैछन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए । आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा पुस २७ गते प्रदेश सभाका पाँचमध्ये चार दलका २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका एक/एक जनाको समर्थन छ । विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने बताउँदै आएका शर्माले सातवटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् । शर्माले विनाविभागीय मन्त्रीको रूपमा एमालेलेका विनोदकुमार शाह र माओवादी केन्द्रका मंगलबहादुर शाही नियुक्त गरेका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय