logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादीको ह्वीप सभामुखमा घिमिरेलाई मत दिनु

माओवादीको ह्वीप सभामुखमा घिमिरेलाई मत दिनु


  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौँ । आज हुने प्रतिनिधि सभाको सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेको छ। प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरिएको बताए। ‘सत्ता गठबन्धनसँगको सहमति पालनामा प्रधानमन्त्रीले दृढता व्यक्त गर्नुभएअनुसार नै पार्टीले गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरेको हो,’ पाण्डेले भने। प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन्। तीमध्ये वर्षमान पुन अस्पतालमा उपचाररत छन्। यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि सभामुखमा घिमिरेलाईनै मत दिने भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले गठबन्धन परिवर्तन नभएकाले घिमिरेलाईनै मत दिने बताइन्। नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय