logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पर्वतको दुर्लाङ गाउँदेखि सिंहदरबारसम्म

पर्वतको दुर्लाङ गाउँदेखि सिंहदरबारसम्म


  • मंगलबार, माघ ३ २०७९

  • काठमाडौं : नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी पर्वत जिल्लाको इतिहासमा संघीय सरकारमा मन्त्री हुने पहिलो व्यक्ति हुन् । राणाशासन अन्त्यपछि पर्वत जिल्लाबाट राज्य र सहायक मन्त्री ६ जना बनिसक्दा संघीय सरकारमा पहिलो मन्त्रीका रुपमा गिरीले इतिहास रचेका हुन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको राजनीतिबाट उदाएका गिरीले २०५९ माघ १९ मा तत्कालीन राजाले शासन हातमा लिएपछि पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दै विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । त्यसपछि उनको चर्चा चुलिएको थियो । यद्यपि, स्कुल जीवनमै उनी राजनीतिक रुपमा चेतनशील भइसकेका थिए ।२०५९ साल माघ २० गते उनी विरोध प्रदर्शनकै क्रममा पक्राउ परेका थिए ।

     संक्षिप्त परिचय

    पदम गिरी पर्वत जिल्लाको कुश्मा नगरपालिका–३, दुर्लुङमा जन्मिएका हुन् । उनकी माता सिता गिरी हुन् भने पिता स्व. बेल गिरी हुन् । गिरीले दुर्लुङमै रहेको काफल चौर माध्यमिक विद्यालयमा औपचारिक शिक्षा प्रारम्भ गरे । त्यसपछि उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययन गरे । उनी विद्यालय तहमै रहँदा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियू पाँचौको संगठित सदस्य बनेका थिए ।

    दुर्लुङ गाउँदेखि सिहंदरबारसम्मको यात्रा

    २०४६ सालमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियू पाँचौको संगठित सदस्य बनेका उनी काफल चौर मावि दुर्लुङमा २०४८ सालमा प्रारम्भिक कमिटीको सचिव हुँदै अध्यक्षसमेत भए ।

    २०५० सालमा पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववियू पर्वत पोखरा सम्पर्क कमिटीको अध्यक्ष बनेका गिरी २०५५ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएका थिए ।

    २०५७ मा उनी अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बन्न सफल भए । त्यसपछि उनी अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य र अनेरास्ववियू केन्द्रीय सदस्य भए । २०५९ माघ १९ शाही कदमपछि मुलुकमा सबैभन्दा पहिला पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दैै भएको विरोध प्रदर्शनको नेतृत्व गर्ने उनी नै थिए ।

    गिरी २०६२ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापति निर्वाचित भए । त्यसपछि अनेरास्ववियूको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित भई स्ववियू परिचालन विभागको प्रमुख समेत बने ।

    उनी नेकपा एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्मेवारीसमेत सम्हाल्न सफल भएका थिए । त्यसपछि उनी नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

    ०७४ साल मंसिरमा भएको आमनिर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले तीन पटक सांसद भइसकेका नेपाली कांग्रेसका अर्जुन जोशीलाई १३ हजार मतान्तरले पराजित गरेका थिए ।

    गिरी नेकपा एमाले र माओवादी केन्द्र एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला अध्यक्षसमेत बने । नेकपा एमालेको दशौं महाधिवेशनपछि केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सह–इन्चार्ज भएका उनी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा दोस्रो पटक पर्वत जिल्लाबाट निर्वाचित भए । उनी २९ हजार ८७२ मत प्राप्त गरी विजयी भएका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उनका प्रतिस्पर्धी अर्जुन जोशी नै थिए । जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरी संघीय सांसद बनेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय